८ बैशाख २०८१, शनिबार
Follow Us

अष्ट्रीयामा नेपाली खेलाडी सम्मानित

नेपालब्रिटेन डट कम्
८ कार्तिक २०७३, सोमबार ०७:४२

भियना । गैरआवासीय नेपाली सँघ अष्ट्रीयाले तेक्वान्दो खेलाडी बिनय कार्कीलाई सम्मान गरेको छ । संघका अध्यक्ष धर्मराज खतिवडाको सभापतित्वमा आइतवार सम्मान कार्यक्रममा उनी सम्मानित भएका हुन् ।

गतहप्ता एनआरएन अष्ट्रीयाको तर्फबाट तेक्वान्दो खेल्न अमेरिका पुगेर सफलता हाँसिल गरेका खेलाडी कार्कीको सम्मान कार्यक्रममा अष्ट्रीयामा रहेका विभिन्न संघ संस्थाहरुको उपस्थिति रहेको थियो । सँघका प्रबक्ता शिब सापकोटाले संचालन गरेको उक्त कार्यक्रममा उत्कृष्ट प्रदर्शन गरेकोमा धन्यवाद स्वरुप ५ सय यूरो र सम्मानपत्र प्रदान गरिएको छ ।

उक्त कार्यक्रममा गैरआवासीय नेपाली सँघका अध्यक्ष धर्मराज खतिवडाले कार्की अष्ट्रीया बस्ने नेपालीहरुको मात्र नभई सारा नेपाली र नेपालको नाम राखेको भन्दै खुशी ब्यक्त गरे ।