१४ बैशाख २०८१, शुक्रबार
Follow Us

डार्टफोर्डमा दशैं तिहार शुभकामना कार्यक्रम सम्पन्न

नेपालब्रिटेन डट कम्
८ कार्तिक २०७३, सोमबार ०७:५३

लण्डन । डार्टफोर्ड नेपाली समाजको दशैँ तिहार कार्यक्रम शनिबार डार्टफोर्डस्थित टेम्पल हिल कम्युनिटी सेन्टरमा सम्पन्न भएको छ ।
समाजका अध्यक्ष राजेश पाठकको अध्यक्षतामा भएको सो कार्यक्रमको प्रमुख अतिथि गारेथ जोन्सन एमपी र अतिथिहरुमा डार्टफोर्ड बरो काउन्सिलका मेयर जोन बरेल, काउन्सिलरहरु आन अलान, टम म्याडिसन, डेइजी पेज र बच्चुकैलाश कैनी, समाजका पूर्व अध्यक्षहरु चण्डिका भट्ट र युवराज गर्बुजा, रोयल ग्रेनिच नेपलिज कम्युनिटीका महासचिव खुशी लिम्बु थिए ।
महासचिव दीपक थापाले संचालन गरेको कार्यक्रममा स्वागत मन्तब्य कोषाध्यक्ष सन्तोष श्रेष्ठले दिएका थिए भने शुभकामना मन्तब्य दिनेहरुमा काउन्सिलर बच्चुकैलाश कैनी, डेइजी पेज, टम म्याडिसन, आन अलान, मेयर जोन बरेल र प्रमख अतिथि गारेथ जोन्सन थिए । शुभकामना दिँदै जोन्सनले डार्टफोर्ड यातायात र विद्यालयहरुका कारण बस्न राम्रो ठाउँ भएको बताउँदै यहाँ नेपालीहरुको बसोबास बढ्दै गएकोमा खुशी व्यक्त गरेका थिए ।
fullsizerender-768x613
कार्यक्रममा जीसीएससीमा उत्तीर्ण विद्यार्थीहरु, नेपाली भाषा कक्षाका शिक्षकहरु, समाजले आयोजना गरेको खेलकुद प्रतियोगिताका विजेताहरुलाई पदक दिइएको थियो । यस्तै बितेको वर्षमा डार्टफोर्टमा आएका नयाँ नेपालीहरुलाई पनि स्वागत गरिएको थियो ।
समाजका अध्यक्ष राजेश पाठकले अतिथि तथा सहभागीहरु सबैलाई धन्यवाद र दशैँ तिहारको शुभकामना दिँदै औपचारिक कार्यक्रमको अन्त्य गरेका थिए । त्यसपछि मनोरञ्जनात्मक कार्यक्रमको आरम्भ भएको थियो । सो क्रममा सातआठ वर्षका कलिला विद्यार्थीदेखि बयस्कसम्मले गीत र नृत्य प्रस्तुत गरेका थिए ।