काठमाडौँ-नेपाल राष्ट्र बैंकले रु छ अर्ब बराबरको ‘विकास ऋणपत्र २०८६ ग’ बिक्री गर्ने भएको छ । बैंकले यही जेठ ५ गते बोलकबोल प्रक्रियाबाट बैंक तथा वित्तीय संस्था, गैर बैंक वित्तीय संस्था, बीमा कम्पनी, सङ्गठित संस्था तथा नेपाली नागरिकलाई उक्त परिमाणको ऋणपत्र बिक्री गर्न लागेको हो ।

सो ऋणपत्र धितो राखी कर्जा लिन वा दिनसमेत पाइनेछ । सो ऋणपत्रको व्याज भुक्तानी अर्धवार्षिकरुपमा गरिने बैंकले जनाएको छ । घटीमा रु ५० र बढीमा कूल निष्काशित रकमको सीमामा नबढाइ ५० हजारले भाग गर्दा निशेष भाग जाने अङ्कमा ऋणपत्र खरीद गर्न सकिने बैंकले जनाएको छ ।