१३ बैशाख २०८१, बिहीबार
Follow Us

घर र गाडी किन्न साढे ८ प्रतिशतमा ऋण

नेपालब्रिटेन डट कम्
३ जेष्ठ २०७६, शुक्रबार १७:३२

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले गाडी किन्नको लागि ८.३८ र ९.३८ प्रतिशत ब्याजदर मा ऋण दिने भएको छ । गाडी किन्नको लागि वाणिज्य बैंकले बढीमा ७ वर्षसम्मको लागि ऋण दिन्छ ।

वाणिज्य बैंकले प्रकाशन गरेको ब्याजदरको सूचना अनुसार यसको आधार दर ५.३८ प्रतिशत छ । यो संचालनमा रहेका वाणिज्य बैंकमा सबैभन्दा कम हो ।

अहिलेको राष्ट्र बैंकको नियम अनुसार कुन भ्यालुएसनको ५० प्रतिशत मात्र गाडी खरिदको लागि ऋण लिन सकिन्छ ।
यस्तै घरको लागि पनि वाणिज्य बैंकले न्यूनतम ५ देखि १५ वर्ष अवधीको लागि ऋण दिने व्यवस्था गरेको छ ।

आधार दर ५.३८ प्रतिशतमा ५ वर्ष अवधीको लागि ३ देखि ३.६७, १० वर्षसम्म अवधीको लागि ४ देखि ४.६७ जोडेर ब्याजदर लिन्छ । १५ वर्ष अवधीका लागि आधारमा दरमा ५ देखि ५.६७ प्रतिशत ब्याजदर जोडेर ब्याजदर तोक्छ ।

महिलाहरुले घर किन्न र बनाउनको लागि १० वर्षसम्म ३ देखि ३.६७ प्रतिशत आधार दरमा जोड्ने गर्छ भने १५ वर्ष अवधीको लागि ४.६७ प्रतिशत ब्याजदर जोड्ने गर्छ ।