१३ बैशाख २०८१, बिहीबार
Follow Us

यसरी टुंगियो एनआरएन अमेरिकाको विवाद

नेपालब्रिटेन डट कम्
३ जेष्ठ २०७६, शुक्रबार २३:०२

लण्डन । शनिवारदेखि हुने गैरआवासीय नेपाली संघ (एनआरएन) अमेरिकाको निर्वाचनका विषयमा देखिएको विवाद साम्य भएको छ ।
एनआरएन केन्द्रले हाल देखिएको विवादमा मध्यमार्गी निकास निकाल्दै विवाद टुंगो लगाउन सफल भएको हो ।

एनआरएन अमेरिकाको अध्यक्ष पदका प्रत्यासी सुनिल शाहले मतदाता नामावलीको व्यक्तिगत विवरणमा हस्तक्षेप गरेको, आफ्नै कम्पनीलाई निर्वाचन सम्वन्धी सफ्टवेयर बनाउने टेन्डर दिएको भन्दै अमेरिकी क्षेत्रीय संयोजक गौरीराज जोशीले चुनाव स्थगित गर्न निर्देशन दिएका थिए ।

जोशीको निर्देशनलाई उल्लंघन गर्दै प्रमुख निर्वाचन आयुक्तले समयमै निर्वाचन हुने भने पछि विवाद उत्पन्न भएको थियो । सोमबारको विवादमा एनआरएन केन्द्रीय समितिसम्म उजुरी परेपछि विहीवार साँझ केन्द्रिय पदाधिकारीको बैठकले संकाश्पद रहेको मतदाता नामावली (डेटाहरु) पारादर्शी हुनु पर्ने भन्दै सो सम्वन्धमा एक छानविन समिति गठन गर्न निर्देशन दिएको छ ।

महासचिव डा. बद्री केसीको सकृयतमा बसेको बैठकले २४ घण्टा भित्र सदस्यता प्रमाणीकरण गर्न समय दिएको हो ।

पदाधिकारी बैठकमा उपाध्यक्ष कुमार पन्तले मतदाता नामावलीमा देखिएको आशंकालाई हटाएर निर्वाचन जान सकिने भन्दै उक्त प्रस्ताव राखेका थिए ।

बैठकले विवादास्पद सदस्यता विवरणलाई प्रमाणीकरण गर्न ५ सदस्यीय समिति गठन गर्ने निर्णय गरेको थियो । जसमा अध्यक्षका एक सदस्य, आईसीसीबाट एक जना तथा एनसीसीबाट एक जना राख्ने निर्णय भएको थियो ।

बैठकअघि महासचिव डा. केसीले विधान समितिका संयोजक तथा पूर्व प्रवक्ता डा हेमराज शर्मासँग लामो परार्मश गरेपछि संघ उक्त निकास दिन तयार भएको हो ।
केन्द्रीय अध्यक्ष भवन भट्ट र महासचिव डा. केसी समेत सहभागी बैठकमा एनआरएन अमेरिकाका अध्यक्ष पदका उम्मेदवारहरुलाई बोलाइएको थियो ।

एनआरएनए अमेरिका संयोजक गौरी जोशीले जनभावना अनुरुप आफुले मतदाता नामावलीलाई पारदर्शि बनाउन पहल गरेको वताए । उनले यो आवाजलाई सम्वोधन नगरेको भए चुनाव जस्ले जितेर आए पनि समस्य जस्ताको जस्तै रहने थियो अब सबै जनामा मिलेर चुनावमा जाने बाटो खुलेको वताए ।

संघको नेतृत्वको लागि सुनिल साह, संजय थापा र सूर्य लम्साल चुनावी मैदानमा उत्रिएका छन् । शाहलाई त्यहास्थित नेपाली जनसम्पर्क समितिको समर्थन रहेको बुझिएको छ भने थापा नेकपा निकट छन् । सूर्य लम्साललाई त्यहाँस्थित केही संघका संस्थापक नेताहरुको सर्मथन रहेको वताइएको छ ।

यसै बीच प्रमाणीकरण समितिले आफ्नो छानबिन प्रकृया पुरागरी, गैरआवसीय नेपाली संघ, अमेरिका क्षेत्रीयका संयोजक गौरीराज जोशी, गैरआवसीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद अमेरिकाका अध्यक्ष डा. केशव पौडेल र छानबिन समितिका सदस्यहरुले पत्रकार सम्मेलन गर्ने तयारी गरेका छन् ।