११ बैशाख २०८१, मंगलवार
Follow Us

नेता पौडेलद्वारा छाब्दी मार्ग अनुगमन

sarusaru
४ जेष्ठ २०७६, शनिबार ०४:०९

दमौली । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रसिद्ध धार्मिकस्थल छाब्दी वाराही मन्दिर मार्गको शुक्रबार अनुगमन गरेका छन् । सो अवसरमा उनले गुणस्तरीयतामा ध्यान दिन आग्रह गरे ।

छाब्दी मार्ग कालोपत्र धेरै वर्ष पहिला भइसक्नुपर्ने भन्दै नेता पौडेलले धार्मिक पर्यटनमार्फत छाब्दीमा पर्यटक भित्र्याउन सकिने बताए । उनले शुक्रबारै व्यास नगरपालिका–५ पाटनमा निर्माण भइरहेको पराशर उद्यान र दमौलीमा निर्माणाधीन सभागृह भवनकोसमेत अनुगमन गरेका थिए ।

दमौलीदेखि छाब्दीसम्मको सात किलोमिटर सडक कालोपत्रका लागि व्यास नगरपालिकाले रु दुई करोड, सङ्घीय र प्रदेश सरकारले रु एक÷एक करोड बजेट विनियोजन गरेको थियो ।
रासस