८ बैशाख २०८१, शनिबार
Follow Us

नाथुराम गोड्से देशभक्त: भाजपा

नेपालब्रिटेन डट कम्
४ जेष्ठ २०७६, शनिबार ११:३८

विहिबार भाजपाकी उमेद्वार प्रज्ञा ठाकुरले महात्मा गान्धी हत्या गर्ने व्यक्ति नाथुराम गोड्से देशभक्त बताइन् । उक्त टिप्पणीको व्यापक विरोध भएपछि हाल उनले माफी मागेकी छिन् ।
निर्वाचन -यालीमा घृणाजन्य टिप्पणीका कारण ठाकुरलाई पहिले नै प्रचर गर्न प्रतिबन्ध लगाएको थियो । ठाकुर निर्वाचनमा उठाइदाँ उनको विवादिद इतिहासका कारण विरोध भएको थियो ।
‘नाथुराम गोड्से एक देशभक्त थिए, देशभक्त हुन् र देशभक्त रहनेछन् । उनलाई आतकंवादी भन्ने मानिसले आफै ख्याल गर्नुपर्छ । यस्ता व्यक्तिले यो निर्वाचनमा गतिलो जवाफ पाउनेछन् ,’ प्रज्ञाले समाचार एजेन्सी एएनआईलाई बताइन् ।
ठाकुरलाई पत्रकारले हालैको एक भाषणमा अभिनेता तथा राजनीतिज्ञ कमल हसनले गोड्सेलाई ‘भारतको प्रथम उग्रवादी’ भनेको बारेमा प्रतिक्रिया मागिएको थियो ।
दक्षिणपन्थी अभियन्ता नाथुराम गोड्सेले सन् १९४८ जनवरी ३० मा महात्मा गान्धीको हत्या गरेका थिए । हत्यापछि अनुसन्धानको लागि विशेष अदालत गठन गरिएको थियो । त्यस अदालतले गोड्से र उनलाई सघाउने नारायण आप्टेलाई दोषी ठहराउदैं सन् १९४९ नोभेम्भर १५ मा फाँसी दिइएको थियो ।