June 1, 2020
5:35 PM | 10:20 PM

डोरमेटमा भगवान शिव र गणेश, अमेजन वहिष्कार गरौं

  18th May 2019 मा प्रकाशित

अनलाइन सपिङ वेबसाइट अमेजनले हिन्दू देवी–देवताको फोटो भएको जुत्ता र ट्वाइलेट सिट–कभर बेचिरहेको छ । यसको भारतीय समाजिक संजालमा ठूलो विरोध भइरहेको छ ।
बिहीबार भारतीय सामाजिक संजाल प्रयोगकर्ता माझ ‘ह्यासट्यग बोयकट–अमेजन(अमेजन वहिष्कार गरौं)’ टे«ण्डमा रह्यो । अमेजनमा बेच्न राखिएका डोरमेटमा पनि भगवान शिव र गणेशको तस्विर देखिन्छ ।
यी तस्विर बाहिर आएपछि मानिसहरुले अमेजन एपलाई हटाउन थालेका छन् । मानिस एक अर्कोलाई अमेजनलाई बहिष्कार गर्न आह्वान गरिरहेको देखिन्छ ।

प्रतिक्रिया