६ चैत्र २०८०, मंगलवार
Follow Us

पौडी खेल्नेक्रममा डुबेर दुईको मृत्यु

sarusaru
५ जेष्ठ २०७६, आईतवार ०२:२४

रुपन्देही । रुपन्देहीमा पौडी खेल्नेक्रममा डुबेर दुई जनाको मृत्यु भएको छ । सैनामैना नगरपालिकाका दुई युवकको शनिबार पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो । सैनामैनाको वडा नं ३ मा रहेको काली पोखरीमा पौडी खेल्ने क्रममा डुबेर वडा नं ८ का ३२ वर्षीय डोलबहादुर खप्तरी मगरको मृत्यु भएको हो ।

त्यस्तै शनिबारै स्थानीय इङ्गोरिया खोलामा डुबेर वडा नं ८ का अन्दाजी १८ वर्षका आशिष न्यौपानेको मृत्यु भएको इलाका प्रहरी कार्यालय मुर्गियाका प्रहरी निरीक्षक केशव बस्नेतले जानकारी दिए ।
रासस