६ चैत्र २०८०, मंगलवार
Follow Us

जुम्लाका कलाकार सागर नेपाली काँग्रेसमा प्रवेश

नेपालब्रिटेन डट कम्
५ जेष्ठ २०७६, आईतवार ०६:०५

काठमाडौं– गायक सागर नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।
जुम्लाका स्थायी बासिन्दा उनलाई काँग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले काठमाडौंमा आयोजित एक कार्यक्रममार्फत पार्टी प्रवेश गराएका हुन् ।

माया गरौंला, हाम्रो घरको भाले, म जलेको खरानी, तालाचाबी, धोखेबाजबाट धोका पाको छु लगायतका गीतका गायक उनी कर्णाली प्रदेशबाट प्रतिनिधित्व गर्ने गायक मध्येका एक लोकप्रिय मानिन्छन् ।

पार्टी प्रवेशपछि नेपालीले आफ्नो पेसाको साथसाथमा लोकतन्त्रलाई बलियो बनाउन काँग्रेस प्रवेश गरेको बताए ।

काँग्रेस नेता पौडेलले लोकतान्त्रिक अभियानलाई मजबुत बनाउन साथ दिन नेपाली जस्ता साधक र श्रष्ठाहरुको भूमिका महत्वपूर्ण हुने बताए ।
उनलाई पार्टी प्रवेश गराउन काँग्रेसका नेता दान बहादुर बुढा, धन बहादुर बुढा लगायतका नेताको समन्वय रहेको
नेविसंघका नेता सुशील भट्टले जानकारी दिए ।