८ बैशाख २०८१, शनिबार
Follow Us

प्रहरीलाई ५ सय घुस दिन खोज्ने समातिए

sarusaru
५ जेष्ठ २०७६, आईतवार १२:३०

काठमाडौं– आर्थिक प्रलोभनमा पार्न खोज्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरबाट खटिएको प्रहरी टोलीलाई ५ सय घुस दिन खोज्ने बा ९५ प ४२९ नम्बरको मोटरसाईकल चालक काठमाण्डौ मनोहरा नगरपालिका ९ का भरत केसी र सोहि ठाउँका यमन दाहाल पक्राउ गरेका हुन् ।
मादक पदार्थ सेवन गरी सवारी चलाईरहेका उनीरूलाई प्रहरीले तिनकुने सडक खण्डमा चेकजाँच गर्दा घुस दिन खोजेका थिए ।
निजहरूलाई नगद सहित नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।