१५ चैत्र २०८०, बिहीबार
Follow Us

राजधानीको गौशालाबाट ३५ लाख नगदसहित हुण्डी कारोबारी पक्राउ

नेपालब्रिटेन डट कम्
५ जेष्ठ २०७६, आईतवार १२:३०

काठमाडौं–राजधानीको गौशालाबाट करीब ३५ लाख नगदसहित हुण्डी कारोबारी पक्राउ परेका छन् ।

गौशालास्थित गणेशस्थानबाट ३४ लाख ८९ हजार ३०० रुपैयाँसहित सोलुखुम्बु अर्जुन राई, सुलिन राई तथा सुनसरीका जगत खड्का पक्राउ परेको महानगरीय प्रहरी बृत्त गौशालाका डीएसपी सुनील मल्लले जानकारी दिए ।
अवैध हुण्डीको कारोबार हुने गरेको गोप्य सुचनाको आधारमा डीएसपी मल्लकै नेतृत्वमा खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको छ।
यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।