१२ बैशाख २०८१, बुधबार
Follow Us

बाघको छालासहित गल्छीबाट तीन पक्राउ

sarusaru
६ जेष्ठ २०७६, सोमबार ०२:३३

धादिङ : धादिङको गल्छीबाट बाघको छालासहित तीनजना पक्राउ परेका छन्।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको सक्रियतामा, प्रहरी चौकी गल्छी र डिभिजन वन कार्यालय धादिङको संयुक्त टोलीले गल्छी गाउँपालिका ७ को हाम्रो होटलबाट छालासहित तीनजनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा नुवाकोट जिल्ला विदुर नगरपालिका ३ बस्ने सुमन दर्जी, सोही ठाउँका विष्णुबहादुर सुनार र कुमार खड्का रहेका छन्। पक्राउ परेका तीनैजनालाई कारबाहीका लागि जिल्ला वन डिभिजन कार्यालय धादिङ पठाइएको छ।
अन्नपूर्ण पोष्ट