७ बैशाख २०८१, शुक्रबार
Follow Us

पायल्सको उपचार, आन्द्रामा प्वाल

नेपालब्रिटेन डट कम्
६ जेष्ठ २०७६, सोमबार ०३:४९

कास्की– भारतीय सेना बन्ने सपना बोकेका पोखरा अर्चलबोटका १९ वर्षीय श्रीप्रसाद पुन यतिखेर अस्पतालको बेडमा छन् ।

पायल्सको उपचार गर्दा आन्द्रामा प्वाल परेपछि उनले मणिपाल शिक्षण अस्पतालमा उपचार गराइरहेका हुन् । पायल्स र फिस्टुलाको उपचार गर्ने क्रममा चिकित्सकको लापरबाहीले आन्द्रामा प्वाल परेको आफन्तको आरोप छ ।

भारतमै दस जोड दुई उत्तीर्ण गरी पोखरा फर्किएका उनी भारतीय सेनामा भर्ती हुने तयारीमा थिए । बुबा चामबहादुर पुन अवकाशप्राप्त भारतीय सेना भएकैले उनमा पनि मोह थियो । कान्तिपुर दैनिकमा विस्तृतमा खबर छ ।