७ बैशाख २०८१, शुक्रबार
Follow Us

सत्ता छाड्ने समाजवादीको संकेत

नेपालब्रिटेन डट कम्
६ जेष्ठ २०७६, सोमबार ०३:५१

काठमाडौँ – संविधान संशोधनलगायतका राजनीतिक मुद्दामार्फत संगठनलाई राष्ट्रव्यापी बनाउने अभियानमा जुट्न समाजवादी पार्टी सरकारबाट बाहिरिने तयारीमा छ ।
पार्टी अध्यक्ष उपेन्द्र यादवले शनिबार पोखरामा यसको संकेत दिँदै तत्काल संविधान संशोधन नभए जुनसुकै बेला सडक संघर्षमा उत्रने बताएका छन् ।

तत्कालीन संघीय समाजवादी फोरमका तर्फबाट अध्यक्ष यादवले गत पुस २१ गते दसबुँदे स्मरणपत्र सरकारलाई बुझाएका थिए । कान्तिपुर दैनिकमा खबर छापिएको छ ।