१३ बैशाख २०८१, बिहीबार
Follow Us

अपहरणमा नाटकगरी बाबुसंग फिरौती

नेपालब्रिटेन डट कम्
६ जेष्ठ २०७६, सोमबार ०७:०७

सामान्यतय अपहरण बिभिन्न रकम असुली , दुस्मनी साघन् गर्ने गरेका घटनाहरु बाहिर आएका छन् । कहिलेकाही आफ्नौ घर परिवारबाट रकम असुली गर्न पनि यस्तै बाहना बनाउने गरेको रहस्य खुल्न आउछन् । यस्तैमा रुपन्देहीका एक युवाले आफ्नै बाबुसगँ अपरहणको नाटक गरेर फिरौति माग गरको प्रहरीले जनाएको छ ।

अपहरणको नाटक गरी आफनै बाबुसंग २ लाख रुपैया फिरौति माग गर्ने रुपन्देहीको सिद्धार्थनगरपालिकाका एक युवालाई प्रहरीले पक्राउ गरेको छ ।

एक महिना अघि गत बैशाख ५ गते घरबाट निस्कीएर सम्पर्क बिहीन रहेका सिद्धार्थनगर नगरपालिका वार्ड नं.८ बस्ने जोखन मुसलमानले मेरो छोरा बर्ष २२ को मोहमद कमालुद्दिन मुसलमानलाई प्रहरीले पोखराबाट पक्राउ गरेको हो ।

मोहमदले आफुले प्रयोग गर्ने मोवाइल नम्वरबाट बाबुलाई फोन तथा एसएमएस गरी आफु अज्ञात स्थलमा अपहरणमा परेको र फिरौतीका लागि २ लाख रुपैया मागेको तर सहमतिमा तत्काल ५० हजार रकम दण्डपाणी बरालको नाममा आई.एम.ई.गरी पठाई दिएमुक्त हुने बताएका थिए । आफनै मोवाइलबाट फोन र एसएमएस पटक पटक गरेपछी बाबुले प्रहरीलाई जानकारी गराई बरालको नाममा ५० हजार रुपैया पठाएका थिए ।

बाबुले पठाएको रकम लिन छोरा आफै पोखराको पृथ्बीचोकमा रहेको आइ.एम.ई.मा आएपछी प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । पोखराबाट पक्राउ गरी रुपन्देही ल्याइएका मोहमद बिरुद्ध प्रहरीले सार्बजनिक नैतिक बिरुद्धको अभद्र व्यवहारमा आज मुद्धा चलाएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीले बताए । मोहमदका बावु भैरहवामा मिस्त्री काम गर्दै आएका छन् ।