१५ चैत्र २०८०, बिहीबार
Follow Us

पुरै प्यानल सहित एनआरएनए अमेरिकाको अध्यक्षमा सुनिल साह विजयी, (पूर्ण विवरण सहित)

नेपालब्रिटेन डट कम्
६ जेष्ठ २०७६, सोमबार ०७:२४


महासचिवमा पशुपति पाण्डे

लण्डन– गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको अध्यक्षमा टेक्ससका सुनिल साह विजयी भएका छन् । आफ्ना प्रतिस्पर्धीभन्दा झण्डै दोब्बर मतले साह विजयी भएका हुन् ।

अध्यक्षमा विजयी साहले तीनहजार सातसय ११ मत प्राप्त गरेको एनआरएन अमेरिका स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार साहले राम्रो मतअन्तरले अन्य दुई जना प्रतिस्पर्धीलाई पछाडी पारेका हुन् । अध्यक्षका अन्य प्रत्यासी सूर्य लम्साल र संजय थापाले क्रमशः १९५२ र १८०८ मत प्राप्त गरे ।

वरिष्ठ उपाध्यक्षमा टेक्ससको ड्यालसकै डा. अर्जुन बण्जाडेले झिनो मतअन्तरले विजयी भएको बताएको छ । करिब एक सय ६७ भोट अन्तरले बण्जाडेले चुनाव जितेको स्रोतले जनायो ।

अध्यक्ष र वरिष्ठ उपाध्यक्षमा निर्वाचित दुबै अमेरिकाको दक्षिणी राज्य टेक्ससको ड्यालस निवासी हुन् ।

निर्वाचित भएको आधिकारिक घोषणा भने निर्वाचन आयोगले गरिसकेको छैन । साह र बञ्जाडे एकै खेमाबाट उम्मेदवार थिए । महासचिवमा पशुपति पाण्डे विजयी भएको स्रोतको दावी छ ।
क्षेत्रीय उपाध्यक्षहरुमा बिआर लामा, कृष्ण जी वी पन्त,सर्वज्ञ वाग्ले र बुद्धि सुबेदी विजयी भएका छन् ।

सचिवमा अमृत कटेलले जित निकालेका छन् । त्यस्तै कोषाध्यक्षमा नेत्र बन्धु पोखरेलले जित हासिल गरेका छन् । सहकोषाध्यक्ष मा सन्तोष विष्टले जित हासिल गरेका छन् । महिला संयोजकमा दीक्षा बस्नेतले जित हासिल गरेकी छन् ।
सचिवमा अमृत कट्टेल अगाडी रहेको स्रोतको दावी छ । कोषाध्यक्षमा नेत्रबन्धु पोखरेल विजयी भएका छन् भने सह–कोषाध्यक्षमा ड्यालसकै सन्तोष विष्ट विजयी भए ।