६ बैशाख २०८१, बिहीबार
Follow Us

टोखामा गोली चल्यो, विष्णु तामाङ पक्राउ

sarusaru
६ जेष्ठ २०७६, सोमबार ०८:४८

काठमाडौं । प्रहरीले काठमाडौंको टोखाबाट मोष्ट वान्टेड सूचीमा रहेका विष्णु तामाङलाई पक्राउ गरेको छ। प्रहरीको मोष्ट वान्टेड सूचीमा रहेका काले भनिने बिष्णु तामाङलाई प्रहरीले गोली हानेर पक्राउ गरेको हो।

लामो समयदेखि डकैतीमा संलग्न तामाङलाई पक्राउ गर्न गएको टोलीलाई हतियार देखाएपछि आफूहरुले घुँडामुनि गोली हान्न बाध्य भएको महानगरीय प्रहरी अपराध महाशाखाका एसपी केदार ढकालले डिसी नेपाललाई बताए।

ढकालले भने “लामो समयदेखि चोरी डकैती गरेर फरार भएका कालेलाई आज बिहान ६ बजेतिर पक्राउ गर्न गएको प्रहरी टोलीमाथि हत्तियार देखाएपछि नियन्त्रण गर्न घुँडामुनि गोली हानिएको हो।” हाल प्रहरीको गोली लागेर घाइते भएका कालेको वीर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

पक्राउ परेका काले तत्कालिन डिआइजीद्वय जयबहादुर चन्द र विश्वराजसिंह शाहीसहित बुढानिलकण्ठ एरियाका दर्जनौ घरमा श्रृखलावद्व चोरी र डकैतीमा संलग्न रहेका थिए। काले ६ वर्ष जेल बसेर छुटेका व्यक्ति हुन्।
डिसी नेपाल