१४ बैशाख २०८१, शुक्रबार
Follow Us

एनआरएन यूकेको बैठक सम्पन्न, सदस्यता खुल्ला

नेपालब्रिटेन डट कम्
८ कार्तिक २०७३, सोमबार १३:४३

लन्डन । गैरआवासीय नेपाली सँघ (एनआरएनए) यूकेको बैठक सम्पन्न भएको छ । आइतवार अल्डशरटमा सम्पन्न बैठकले संघको साधारण सदस्यता वितरणलाई तिब्र पार्ने निर्णय गरेको छ । कार्यसमितिका सचिव फडिन्द्र भट्टराईका अनुसार एनआरएन यूकेलाई जनस्तर सम्मै लैजाने उदेश्यले सदस्यता वितरण सम्बन्धी अभियान संचालन गर्ने निर्णय भएको हो ।

वैठकले दासु पाण्डेको संयोजकत्वमा क्षेत्रिय समिति गठन गर्न एक समिति गठन गरेको छ । संघको क्षेत्रिय समिति सम्बन्धी अवधारणलाई लागु गर्ने उदेश्यले अगामी दिनमा वेल्स, स्कटल्याण्ड लगायतका क्षेत्रमा समिति गठन गर्ने निर्णय बैठकले गरेको छ ।

त्यस्तै बैठकले नेपाल हाउसका लागि आर्थिक संकलन गर्न २५ डिसेम्बरमा बिषेश च्यारीटी इभेन्टको आयोजना गर्ने निर्णय गरेको छ । सो च्यारीट कार्यक्रममा गैरआवासीय नेपाली सँघका केन्द्रीय अध्यक्ष शेष घले, संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, प्रमुख संरक्षक जीवा लामिछाने लगायतलाई आमन्त्रण गर्ने निर्णय भएको छ । बैठक अध्यक्ष मुछेत्र गुरुङको अध्यक्ष्यतामा सम्पन्न भएको थियो ।