१४ बैशाख २०८१, शुक्रबार
Follow Us

पेस्तोल र गोली सहित चोरलाई प्रहरीले गोली हानेर समात्यो

नेपालब्रिटेन डट कम्
६ जेष्ठ २०७६, सोमबार १२:१७

काठमाडौं(काठमाडौं रानीबारी बस्ने सिन्धुपाल्चोक मेलाम्ची घर भएका ३० वर्षीय काले भनिने विष्णु तामाङलाई १ थान कटुवा पेस्तोल र सो को गोली ५ थान सहित सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
टोखा नगरपालिका(७ धापासीस्थित उकालोमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीमाथि गोली प्रहार गर्न खोजेकाले प्रहरीले आत्मसुरक्षाको लागि १ राउण्ड गोली प्रहार गरी उनलाई नियन्त्रणमा लिएको हो । घुँडामुनी गोली लागेर घाइते भएका तामाङलाई उपचारको लागि वीर अस्पताल लगिएको छ ।
तामाङ ६ वर्षसम्म डाँका मुद्दामा केन्द्रीय कारागारमा रही २०७२ भदौ ६ गते कैद मुक्त भई हाल विभिन्न चोरीमा संलग्न रही फरार रहेकोले प्रहरीले खोजी गर्दै आएको थियो ।
यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।