८ बैशाख २०८१, शनिबार
Follow Us

नगद ठगी गरेको अभियोगमा पक्राउ

नेपालब्रिटेन डट कम्
६ जेष्ठ २०७६, सोमबार १२:१८

मोरङ ।
नगद ठगी गरेको अभियोगमा ग्रामथान(६ बनिगाउँ बस्ने ३० वर्षीया मिना चौधरी र आशु कुमारी चौधरी आइतबार दिउँसो पक्राउ परेका छन् ।
मिना र आशु कुमारी समेत ३ जनाले बेलबारी(९ डागा बजार बस्ने ३५ वर्षीय धनु खवास लगायत २० जनालाई भेला जम्मा गरी आफूहरु आरएन बैंक बिराटनगरबाट आएको र बिना धितो तत्काल २ लाख ऋण दिन्छौ भनि उनीहरुको नागरिताको फोटोकपी र नगद ५ हजारका दरले १ लाख ६ हजार रुपैयाँ उठाएर लिएका थिए ।
उनीहरुले ठगी गरेको बुझिन आएकोले पीडितहरुले नै दुबै जनालाई फेला पारी कानुनी कारबाही गरी ठगी भएको रकम अशुल उपर गरी दिनहुन भनी अस्थाई प्रहरी चौकी डाँगा बजारमा बुझाएका हुन् ।
ठगीमा संलग्न फरार १ जनाको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धन गरिरहेको छ ।