८ बैशाख २०८१, शनिबार
Follow Us

युवतीलाई सामुहिक बलात्कार

नेपालब्रिटेन डट कम्
६ जेष्ठ २०७६, सोमबार १२:२०

नवलपरासीमा नागरिकका रक्षक नै भक्षक बन्दै दुई जना प्रहरीले एक किशोरी र अर्की युवतीलाई सामुहिक बलात्कार गरेको घटना ढिलो गरि बाहिर आएको छ ।

बैशाख २ विहान सुनवलको बन–झाडीमा लगेर दङ्गा नियन्त्रण प्रहरी गण सुनवलका प्रहरी जवानद्धयः पाटेश्वर यादव र प्रेम खड्काले २७ बर्षिया विवसता ( नाम परिवर्तन ) र १६ बर्षिया बाध्यता ( नाम परिवर्तन ) लाई बलात्कार गरेको घटना ढिलो गरि बाहिर आएको हो ।

उक्त अभियोगमा ती दुई जनालाई नियन्त्रणमा लिई मुद्धा दर्ता गरिएको र अदालतमा ७ दिन म्याद समेत थप गरिएको नवलपरासी पश्चिमका प्रहरी प्रबक्ता डिएसपी विरेन्द्र थापाले जानकारी दिए । उनका अनुसार बलात्कारा आरोपी प्रहरी जवान यदवको घर दाङ्ग हो भने खड्काको घर डढेलधुरा हो ।

उनिहरुलाई कार्बाहीको माग गर्दै सुनुवलवासीले हिजो उक्त प्रहरी गण बाहिर विरोध प्रदर्शन गरेका थिए ।