१५ बैशाख २०८१, शनिबार
Follow Us

विजुक्छेको आरोपः प्रचण्ड भ्रष्टाचारीको नायक

नेपालब्रिटेन डट कम्
६ जेष्ठ २०७६, सोमबार १२:२६

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले प्रचण्ड भ्रष्टाचारीको नायक भएको भन्दै बिवाहको पचासौं बर्षको बर्षगाठमा उनले पप्पु कन्सट्रक्सनको पैसाले अर्का तस्करको घरमा भोज खुवाएको आरोप समेत लगाएका छन् ।
बालुवाटार, सिंहदरबार र शितलनिवास ठगहरुको घेराबन्दीमा परेकाले जनताले दुःख पाएको उनले बताए ।
रफत सञ्चार क्लबमा सोमबार आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै बिजुक्छेंले भने “बालुवाटार र शितल निवासमा निरन्तर भईरहेको भ्रष्टाचार हाल स्थानीय निकायमा सरेको छ ।”
सिंहदरवारको अधिकार गाउँगाउँ भन्ने नारा यसरी भइरहेको भ्रष्टाचारले प्रमाणित गरिदिएको समेत उनले बताए ।

प्रधानमन्त्री केपि ओली र प्रचण्डको पूँजीबादी नीतिको व्यक्ति व्यक्ति धनी हुने सिद्धान्तका कारण वर्तमान सरकार नाम मात्रको कम्युनिष्ट सरकार भएको उनले बताए ।
सरकारले गरिब जनताकालागि भन्दापनि धनीहरुको फाइदाको काम गरेको अध्यक्ष बिजुक्छे भनाई छ ।
संघीयता कार्यावन्यनका लागि प्रदेश र स्थानीय सरकारसंग संघ सरकारले समन्वय गर्नु पर्ने बिजुक्छेको भनाई छ ।