१५ चैत्र २०८०, बिहीबार
Follow Us

बाग्लुङमा बाटो खन्दै अघि बढ्दै पूर्वमन्त्री शंकर भण्डारी (फोटो फिचर)

नेपालब्रिटेन डट कम्
६ जेष्ठ २०७६, सोमबार १५:०४

बाग्लुङ। नेपाली काग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शंकर भण्डारी ग्रामीण सडक मर्मत गर्दे पार्टीको जागरण अभियानमा सहभागी भएका छन् ।
यसक्रममा सोमबार पूर्वमन्त्री भण्डारी सदरमुकाम देखि ६ घण्टा टाढा रहेको बेराङ गाउँपालिकाको जागरण अभियानमा सहभागी भएका छन् । ग्रामीण भेगको सडक अत्यन्त नाजुक अवस्था रहेको हुँदा पूर्वमन्त्री आफै खाल्डोमा ढुङगा भर्न देखि माटोले पुर्ने सम्मको कार्यमा सक्रिय भएका छन् ।त्यस्तै सडकका विभिन्न स्थानमा रुख ढलेर भएको अवरोध हटाउन समेत पूर्वमन्त्री भण्डारी स्वयं खटिएका छन् । पार्टीको जागरण अभियानमा सहभागि हुन जाँदा यहाँको वास्तविक समस्या बुझ्ने अवसर समेत पाए पूर्वमन्त्री भण्डारीले भने ।यस विषयमा राज्यको ध्यान आकर्षण गराउने छु पूर्वमन्त्री भण्डारीले भने ।


पार्टीको जागरण अभियानमा सहभागी हुन आएका पूर्वमन्त्री भण्डारी यसरी सडक मर्मत देखि सडकको अवरोध हटाउनमा सक्रिय भएर लागेको देखेर स्थानीय काग्रेस नेताहरु समेत अचम्मित भएका छन् । साथै उनीहरुले पूर्वमन्त्री भण्डारीलाई साथ समेत दिएका छन् ।
पार्टीको जागरण अभियानमा नेपाली काग्रेस बाग्लुङका सभापति दिपेन्द्र थापा , पूर्वराज्यमन्त्री चम्पा देवी खड्का , नेपाली काग्रेसका नेता हरि आचार्य लगायत सहभागी भएका छन् ।