१३ बैशाख २०८१, बिहीबार
Follow Us

१० हजार घुससहित समातिए सशस्त्र प्रहरी जवान

नेपालब्रिटेन डट कम्
६ जेष्ठ २०७६, सोमबार १५:४७

काठमाडौं–अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवलस्थित कार्यालयबाट खटिएको टोलीले १० हजार घुससहित सशस्त्र प्रहरीको एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सशस्त्र प्रहरी बल औद्योगिक सुरक्षा, बुटवल, रूपन्देहीमा कार्यरत सशस्त्र प्रहरी जवान भेषेन्द्र केसी रहेका छन् ।
उनले सामान्य व्यापार व्यवसाय गर्दै आएका सेवाग्राहीसँग मासिक रूपमा नगद नबुझाए सामान जफत गरी थुनिदिने धम्की दिँदै घुस मागेको भन्ने उजुरी अख्तियारमा परेको थियो ।

सोही आधारमा टोलीले सेवाग्राहीसँग घुसबापतको रकम लिइसकेको अवस्थामा बुटवल उपमहानगरपालिका ७ दिपनगर स्थित बुटवल टपटेन मम एण्ड खाजाघरबाट पक्राउ गरेको हो ।