१३ बैशाख २०८१, बिहीबार
Follow Us

सबैलाई साथमा लिएर अघि बढ्छुः नवनिर्वाचित एनआरएन अमेरिका अध्यक्ष साह

नेपालब्रिटेन डट कम्
६ जेष्ठ २०७६, सोमबार १७:२१

लण्डन । नवनिर्वाचित एनआरएन अमेरिका अध्यक्ष सुनील साहले सबैलाई साथ लिएर अघि बढ्ने प्रतिबद्धता जनाएका छन् ।
अध्यक्षमा विजयी भएपछि एक वक्तव्यमार्फत साहले निर्वाचनमा जाँदा हारजित हुनु स्वाभावित भएको भन्दै अब सबैलाई साथमा लिएर अघि बढ्ने प्रतिबद्धता जनाएका हुन् ।
‘निर्वाचनमा जादा हार जीत स्वभाविक हो । प्रजातान्त्रिक विधिलाई आत्मसात गर्दा हार वा जीतलाई सहज लिइन्छ र त यो लोकतन्त्रको सुन्दर उपहार भित्र पर्दछ’ उनले भनको छन्, ‘अझ हामी त एनआरएनए परिवार भित्र छौं । हामी सबैं एनआरएन हौं , हामी सबैंको धेय एनआरएनए अभियानलाई अझ शसक्त र प्रभावकारी बनाउने हो । त्यो अभियानमा हामी कसैले हार्दैनौं र कसैले जित्दैनौं ।’
त्यसका निम्ति आफूले सधैं सबैसँग सहकार्य गर्दै एनआरएनए अमेरिकाको संस्थागत विकासमा हातेमालो गरी अघि बढ्ने उनको प्रतिबद्धता छ ।
निर्वाचनमा अध्यक्ष पदमा उम्मेद्वार बन्ने संजय थापा र सूर्य लम्साल एवं अन्य पदका सम्पूर्ण उम्मेद्वारहरुलाई साथमा लिएर अघि बढ्ने भन्दै उनले भनेका छन्, ‘त्यसका निम्ति अपिल पनि गर्न चाहन्छु ।
मेरो कोशिस तपाईहरुले दिएको अध्यक्ष पदको जिम्मेवारीप्रति न्याय गर्ने तर्फ रहनेछ ।’

उनले एनआरएनए अमेरिकाको वर्ष २०१९–२१ को लागि नेतृत्वमा निर्वाचित गराउन आफ्नो मतदान गर्ने सबैं सम्मानित मतदाताप्रति आभार व्यक्त गरेका छन् ।

यस्तै विभिन्न पदमा विजयीहरुलाई समेत उनले बधाई दिँदै निर्वाचनका क्रममा गरेको प्रतिबद्धताअनुसार काम गर्ने पनि बताएका छन् ।

हार्दिक आभार तथा धन्यवाद

सम्पूर्ण एनआरएनए अमेरिकाका सदस्य ज्यूहरु सम्पूर्णमा नमस्कार

हामी सबैंको आस्था, विश्वास र साझा प्रतिनिधि मुलुक संस्था गैर आवासीय नेपाली संघ अमेरिकाको वर्ष २०१९/२१ को लागि मलाई नेतृत्वमा निर्वाचित गराउन आफ्नो अमुल्य मतदान गर्नुहुने सबैं सम्मानित मतदाता ज्यूहरुप्रति हार्दिक आभार व्यक्त गर्दछु ।

विभिन्न पदमा विजयी साथीहरुलाई समेत हार्दिक बधाई दिन चाहन्छु । एनआरएनए अमेरिकाको नेतृत्वमा मलाई निर्वाचित गरेर म प्रति जुन विश्वास जनाउनुभयो त्यस विश्वासलाई गुम्न दिने छैन यो अवसरमा म त्यो प्रतिवद्वता व्यक्त गर्दछु ।

यस निर्वाचनलाई निष्पक्ष, विधिसम्मत र स्वतन्त्र ढंगवाट सम्पन्न गर्नका लागि विशेष भूमिका निर्वाह गर्नुहुने निर्वाचन समिति प्रति पनि हार्दिक आभार व्यक्त गर्दछु । यो घडीमा निर्वाचनसग जोडिएका सदस्यता छानविन समिति, सुपरिवेक्षण समिति तथा तथ्याङ्क पुनः परिक्षण समितिलाई समेत हार्दिक धन्यवाद दिन चाहन्छु ।
हामी सबैं एनआरएनए अभियानसग जोडिएका छौं । निर्वाचनमा जादा हार जीत स्वभाविक हो । प्रजातान्त्रिक विधिलाई आत्मसात गर्दा हार वा जीतलाई सहज लिइन्छ र त यो लोकतन्त्रको सुन्दर उपहार भित्र पर्दछ । अझ हामी त एनआरएनए परिवार भित्र छौं । हामी सबैं एनआरएन हौं , हामी सबैंको धेय एनआरएनए अभियानलाई अझ शसक्त र प्रभावकारी बनाउने हो । त्यो अभियानमा हामी कसैले हार्दैनौं र कसैले जित्दैनौं । त्यसका निम्ति म सधैं सबैं सग सहकार्य गर्दै एनआरएनए अमेरिकाको संस्थागत विकासमा हातेमालो गरी एनआरएन अभियानमा सबैंलाई लिएर अघि बढ्नेछु । र त्यो अभियानमा यो निर्वाचनमा म सगैं अध्यक्ष पदमा उम्मेद्वार बन्नुहुने संजय थापा ज्यू र सूर्य लम्साल ज्यू एवं अन्य पदका सम्पूर्ण उम्मेद्वारहरुलाई समेत साथमा नैं लिएर अघि बढ्ने छु र त्यसका निम्ति अपिल पनि गर्न चाहन्छु ।
मेरो कोशिस तपाईहरुले दिएको अध्यक्ष पदको जिम्मेवारीप्रति न्याय गर्ने तर्फ रहनेछ ।

म नेतृत्वमा आएपछि के गर्छु भन्ने केही विषयहरु मैले पहिलानैं राखेको थियो, चुनावी अभियानका क्रममा तपाईहरुमाझ जादा पनि त्यसमा छलफल गरेको थिए । संचार माध्यम तथा सामाजिक संजालमार्फत पनि त्यसलाई उल्लेख गरेको थिए । त्यसतर्फ मेरो ध्यान केन्द्रीत रहनेछ । र सगसगैं तपाईहरु माझ तपाईहरुकैं भावना बुझेर कार्यक्रमहरु समेत अगाडि सार्नेछु । साथमा कार्यसमितिमा आउनुभएका सबैं साथीहरुको विचारलाई सम्मान गर्दै उहाहरुको विचार समेत समेटेर अगाडि बढ्नेछु । हाम्रो कार्यसमितिले गर्ने कार्यक्रमवारे आगामी दिनमा समेत विस्तृतरुपमा जानकारी गराउने नैं छु । एनआरएनए अमेरिकाका अग्रज अभियन्ता ज्यूहरु, पूर्व कार्यसमितिमा रहनुहुने व्यक्तित्वहरु एवं एनआरएनए अमेरिकालाई माया गर्ने तपाई सबैंको साथ लिएर आगामी यात्रा अघि बढाउनेछु । वर्तमान कार्यसमितिले गरेको संस्थागत विकासका कार्यलाई निरन्तरता दिदैं थप कार्यक्रम ल्याउने तर्फ हाम्रो ध्यान रहनेछ ।

र यस अवसरमा मेरो उम्मेद्वारी घोषणासगैं विभिन्न तह तप्कावाट सहयोग गर्नुहुने सबैंलाई हार्दिक धन्यवाद दिन चाहन्छु । म वरिष्ठ उपाध्यक्ष रहेको वर्ष २०१७/१९ का अध्यक्ष डा. केशव पौडेल एवं सम्पूर्ण कार्यसमिति परिवार, संचारमाध्यम तथा संचारकर्मीहरुप्रति पनि हार्दिक धन्यवाद दिदैं यस्तैं सहयोग आगामी दिनमा समेत मिल्ने नैं छ भन्ने विश्वास समेत लिएको छु । र अन्त्यमा फेरि तपाई सम्पूर्ण एनआरएनए अमेरिकाका सदस्य ज्यूहरुप्रति विशेष आभार व्यक्त गर्दछु । अमेरिका निवासी गैर आवासीय नेपाली सबैंप्रति पनि उच्च सम्मान व्यक्त गर्दछु ।

जय एनआरएनए अमेरिका । धन्यवाद ।

सुनील साह, नव निर्वाचित अध्यक्ष वर्ष २०१९/२१

गैर अँवासीय नेपाली संघ, अमेरिका