१५ चैत्र २०८०, बिहीबार
Follow Us

घले दम्पतीका नाममा अष्ट्रेलियाको विश्वविद्यालयद्वारा छात्रवृत्ति कोष स्थापना

नेपालब्रिटेन डट कम्
६ जेष्ठ २०७६, सोमबार २२:२१

सिड्नी । गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्व अध्यक्ष शेष घले र उनकी श्रीमती जमुना घलेको नाममा फेडेरेसन युनिभर्सिटी अष्ट्रेलिया अन्तर्गतको फेडयुनी फाउण्डेसनले छात्रवृत्ति कोषको स्थापना गरेको छ । फाउण्डेसनले घले दम्पतीको नाममा ‘शे घले तथा जमुना घले छात्रवृत्ति कोष’ (एसएजी एण्ड जेजी स्कलरसिप) स्थापना गरेको हो ।

घले दम्पतीले सन २०१६ देखिनै फेडेरेसन युनिभर्सिटी अष्ट्रेलियाअन्तर्गतको फेडयुनी फाउण्डेसनलाई नियमित रुपमा च्यारिटी गर्दे आएका थिए । फाउण्डेसनका सम्मानित दाता भएकाले उनीहरूको नाममा छात्रवृत्ति कोषको स्थापना गरिएको फाउण्डेसनले जनाएको छ ।

छात्रावृत्ति कोषको घोषणा गरेसँगै पहिलो पटक तीन देशका छात्राहरूलाई यो छात्रवृत्ति प्रदान गरिएको छ । नेपाली विद्यार्थी शर्मिला खनाल, भारतीय विद्यार्थी कविता शर्मा र अस्ट्रेलियन विद्यार्थी थ्रोनिक्रपटले यो छात्रवृत्ति पाएका हुन् ।

उनीहरु प्रत्येकलाई सात हजार अमेरिकी डलर प्रदान गरिएको हो ।