७ बैशाख २०८१, शुक्रबार
Follow Us

आगलागीबाट ९ लाखभन्दा बढी क्षति

sarusaru
७ जेष्ठ २०७६, मंगलवार ०२:०२

काठमाडौं । ताप्लेजुङ र बर्दियामा भएका छुट्टाछुट्टै आगलागीबाट करिब ९ लाख ३५ हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ।

ताप्लेजुङको मिक्वाखोला गाउँपालिका २ खोक्लिङ बस्ने ६० वर्षीय पूर्ण बहादुर राईको कच्ची घरमा सोमबार साँझ चुलोबाट आगो सल्किन गई आगलागी हुँदा घर, घरमा रहेका सामान तथा नगद २५ हजार रुपैयाँ समेत गरी करिब ७ लाख ३५ हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ।

बर्दिया, राजापुर नगरपालिका ९ ईश्वरीगंज बस्ने सत्यनारायण चौधरीको टिनले छाएको बिजुली पसल र खुद्रा पसलमा सोमबार साँझ करेण्ट सर्ट भई आगलागी हुँदा २ वटा पसलको सामान जलेर करिब २ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ।

स्थानीयबासीको सहयोगमा आगो नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
डिसी नेपाल