१४ बैशाख २०८१, शुक्रबार
Follow Us

काठमाण्डौं ७ मा कांग्रेसको जागरण अभियान

नेपालब्रिटेन डट कम्
७ जेष्ठ २०७६, मंगलवार १६:४२

काठमाण्डौं । नेपाली कांग्रेसले काठमाण्डौं ७ मा कांग्रेसको जागरण अभियान संचालन गरेको छ । नेपाली कांग्रेसको राष्ट्रिय जागरण अभियान कार्यक्रम अन्र्तरगत मंगलवार काठमाडौं निर्वाचन क्षेत्र नं ७ मा सो अभियानको आयोजना गरेको हो ।

जागरण कार्यक्रम नेपाली कांग्रेस केन्द्रीय सदस्य एवम् काठमाडौं जिल्लाको केन्द्रीय प्रतिनिधि तथा कांग्रेस दल प्रमुख सचेतक बाल कृष्ण खाँणको प्रमुख आतिथ्यतामा सम्पन्न भयो ।
क्षेत्रिय सभापति मुकुन्द रिजालको सभापतित्वमा सम्पन्न कार्यक्रममा काठमाडौं जिल्ला सभापती कृष्ण बानिया (सबुज) को विषेश उपस्थिती थियो ।