१५ चैत्र २०८०, बिहीबार
Follow Us

सात किलो सुन लुकाएर ल्याउने घले फन्दामा

नेपालब्रिटेन डट कम्
७ जेष्ठ २०७६, मंगलवार १८:२९

कन्टेनरको डिब्बामा सात केजी सुन लुकाएर ल्याउने शेर ग्याल्बो घले विरुद्ध अदालतमा मुद्दा दर्ता भएको छ । रसुवागढीबाट स्याफ्रुतर्फ आउँदै गरेको ना.६ ख ९०६८ नम्बरको कन्टेनर डिब्बामा विना बिलबिजक ल्याएको सुन प्रहरीले बरामद गरेको थियो । प्रहरीले राजस्व अनुसन्धान विभागमा अनुसन्धानका लागि घलेलाई पठाएको थियो । विभागको अनुसन्धानबाट ३ करोड ५५ लाख ८८ हजार रुपैयाँ सुनको बुझाउनु पर्ने राजस्व नबुझाएको देखिएको छ ।
यस्तै सुन खरिद गर्न ३ करोड ५५ लाख ८८ हजार रुपैयाँ विदेशी मुद्रा अपचलन गरेको भेटिएको हो । विभागका अनुसार ७ करोड ११ लाख ७६ हजार बिगो कायम गरी रसुवा जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ ।
घले रसुवा जिल्ला साविकको यार्सा गाविस वडा नं. ६ र हालको नौकुण गाउँपालिका वडा नं. १ निवासी ३० वर्षिय युवा हुन् । उनलाई राजस्व चुहावट र विदेशी मुद्रा अपचलनमा ३ वर्ष कैद सजाय हुनुपर्ने माग गरिएको छ ।