८ बैशाख २०८१, शनिबार
Follow Us

मध्यरातमा लमजुङमा भूकम्प

नेपालब्रिटेन डट कम्
७ जेष्ठ २०७६, मंगलवार १९:४८

काठमाडौँ । गण्डकी प्रदेशको लमजुङमा मध्यरातमा भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार राति ११ बजेर ४७ मिनेटमा ४ दशमलब १ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको केन्द्रविन्दु लमजुङको सदरमुका वेशिशहर आशापासमा रहेको केन्द्रका चिन्तन तिमल्सिनाले जानकारी दिए ।

भूकम्पको धक्का आसपासका जिल्लामा समेत महशुष भएको थियो । तिमल्सिनाले यो गोर्खा भूकम्पकै परकम्प भएको पनि जानकारी दिए । नेपाल पत्रकार महासंघका अध्यक्ष आश गुरूङका अनुसार भूकम्प लगत्तै केहीबेर मानिसहरू सडकबाट बाहिर निस्किएका थिए ।