१९ बैशाख २०८१, बुधबार
Follow Us

मानसिक सन्तुलन गुमाएकी एक किशोरीको सामूहिक बलात्कार

नेपालब्रिटेन डट कम्
८ जेष्ठ २०७६, बुधबार ०२:३१

पर्सा– बाराको परबानीपुर गाउँपालिका १ बुनियाद टोलमा सोमबार राति ८ बजे मानसिक सन्तुलन गुमाएकी एक किशोरीको सामूहिक बलात्कार भएको छ ।
स्थानीय ३५ वर्षीय रामअयोध्या मण्डल तथा नचिनिएका अर्का एक पुरुषले ति किशोरीलाई बलात्कार गरेको खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ ।
बलात्कार गरिरहेकै बेला स्थानीयले मण्डललाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाइदिएका छन् । अर्का व्यक्ति भने फरार छन् ।