७ बैशाख २०८१, शुक्रबार
Follow Us

हिमालय एयरलाइन्सले लगायो विमान भाडामा

नेपालब्रिटेन डट कम्
८ जेष्ठ २०७६, बुधबार ०२:३७

काठमाडौं– तीन वर्षदेखि काठमाडौंलाई हब बनाउँदै अन्तर्राष्ट्रिय उडान थालेको हिमालय एयरलाइन्सले योजनाअनुरुप व्यापार गर्न नसकेपछि आफ्नो योजना जहाज नियतनामको ब्याम्बो एयरलाई एक वर्षको लागि भाडामा दिएको छ ।
हिमालयका प्रशासनिक उपाध्यक्ष विजय श्रेष्ठका अनुसार १५८ सिट क्षमताका तीन एयरबस ए३२० न्यारोबडी विमानमध्ये नेपालमा दर्ता भएको ‘नाइन नोभेम्बर’ कल साइनको एयरबस ए३२० गत शुक्रबार भियतनाम पठाइएको हो । आजको कान्तिपुर दैनिकमा खबर छ ।