१५ चैत्र २०८०, बिहीबार
Follow Us

विवादास्पद मोडल खुश्बु ओली जेल गइन्

नेपालब्रिटेन डट कम्
८ जेष्ठ २०७६, बुधबार ०२:४०

काठमाडौं– चेक बाउन्स मुद्धामा मोडल खुश्बु ओलीलाई दोषी ठहर गर्दै काठमाडौं जिल्ला अदालतले तीन महिना कैद सुनाएको छ ।
अदालतले तीन हजार रुपैयाँ जरिवानासहित चेक बाउन्सबापतको ३६ लाख रुपैयाँ बिगो पीडितलाई भराउन समेत भनेको छ ।
आजको अन्नपूर्ण पोस्ट दैनिक लेख्छ–काठमाडौं जिल्ला न्यायाधीश डा श्रीकृष्ण भट्टराईको इजलाशले मंगलबार यस्तो फैसला सुनाएको हो । सप्तरीका गोपाल बहादुर कटवालसँग सापटी लिएको रकमबापत ओलीले दिएको चेक बाउन्स भएपछि प्रहरीले गत १९ साउनमा अदालतमा मुद्दा चलाएको थियो ।