१४ बैशाख २०८१, शुक्रबार
Follow Us

माझीबस्ती निर्माणका लागि अस्ट्रेलियाबाट १ लाख ३२ हजार सहयोग

नेपालब्रिटेन डट कम्
८ जेष्ठ २०७६, बुधबार ०७:३६

काठमाडौं–नायिका स्वेता खड्कालाई भास्कर रेग्मीको सकृयातामा अस्ट्रेलिया र अमेरिका बस्ने नेपालीहरुबाट संकलन गरिएको १ लाख ३२ हजार पाँच सय रुपयाँ हस्तान्तरण गरिएको छ ।

माझी बस्ती निर्माणका लागि लुम्बिनी–कपिलवस्तु विश्व अभियानका संयोजक रामकुमार श्रेष्ठले एक कार्यक्रमका बीच श्वेतालाई सो रकम हस्तान्तरण गरेका हुन् ।

विस्व संयोजक श्रेष्ठले नायिका स्वेता खड्का ‘हेल्लो जिन्दगी’ शूटिङका क्रममा वेलायतमा रहँदा आफूले आशफोर्ड, बर्मिंघाम र स्कटल्याण्डमा माझी बस्तीको लागि आर्थिक संकलन गर्नका लागि कार्यक्रम गर्न संयोजनकारी भूमिका निर्बाह गरे तापनि अपर्झट ट्युमरको शल्यकृया गर्नुपर्ने अवस्था सिर्जना हुन जानाले ती कार्यक्रम रद्ध भएको र सफल शल्यकृयापस्चात नेपाल फर्किएकाले बेला यो रकम हस्तान्तया गरिएको बताए ।

नायिका स्वेता खड्काले रामकुमार श्रेष्ठ आबस्यक पर्दा आफ्नो हरेक काममा सहयोग गर्ने र हौसला प्रदान गर्ने एउटा प्रेरणादायी ब्यक्ति भएको बताउँदै धन्यवाद दिइन् ।