७ बैशाख २०८१, शुक्रबार
Follow Us

त्रिविले सेमेष्टरलाई विश्वस्तरीय बनाउने

नेपालब्रिटेन डट कम्
८ जेष्ठ २०७६, बुधबार ०७:३७

त्रिभुवन विश्वविद्यालयले हाल सञ्चालनमा रहेको सेमेष्ट्रर प्रणालीलाई आधुनिक,गुणस्तरीय एवं विश्वस्तरीय बनाउने रणनीतिक उद्देश्यकासाथ “सेमेष्टर प्रणालीको शसक्तिकरण र सृदढिकरण” शीर्षकमा २ दिने कार्याशाला गोष्ठी सम्पन्न गरेको छ ।
हाल विश्वविद्यालयले अवलम्वन गरेको सेमेष्टर प्रणालीलाई थप शक्तिशाली बनाई शिक्षक केन्द्रीत प्रणालीबाट विद्यार्थी केन्द्रीत शैक्षिक प्रणाली निर्माण गर्ने विषयमा शिक्षकहरुलाई विज्ञहरुद्धारा अनुभव आदानप्रदान गरिएको थियो । समेष्टर सम्वन्धी विषयमा भएको प्राज्ञिक बहसले सेमेष्टर प्रणालीमा विद्यार्थीका रचनात्मक क्षमता र व्यवहारिक ज्ञानलाई कसरी प्रष्फुटित गरी कक्षाकोठामा ज्ञान र सिप आर्जनको वातावरण निर्माण गर्ने भन्ने विषयमा समेत छलफल भएको थियो । कार्यक्रममा सेमेष्टर प्रणालीमा कक्षा सञ्चालन भइरहेका उपत्यका वाहिरका १६ वटा आंगिक क्याम्पसवाट ३२ जना र अन्य उपत्यकाका विभिन्न आंगिक क्याम्पसहरु समेत गरी ८० जना सहभागि थिए ।
कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा तीर्थराज खनियाले सिकाई आफैमा जटिल एवम् दायरा फराकिलो भएको भन्दै शिक्षकले जानेको ज्ञान मात्रै अन्तिम ज्ञान नभएको बताउनुभयो । विश्वव्यापी भुमण्डलीकरणका कारण सिक्ने र सिकाउने प्रणालीमा परिवर्तन आएको हुनाले सेमेष्टर प्रणालीलाई थप व्यवस्थित एवं सृदृढ बनाउदै लैजाउनुपर्ने धारणा व्यक्त गर्नुभयो । त्रिभुवन विश्वविद्यालय सेमेष्ट्रर प्रणालीको कार्यान्वयन बाट पछि हटन नसक्ने उल्लेख गर्दै उहाँले विद्यार्थीको मूल्यांकन प्रक्रियामा लचिलो बन्न प्राध्यापकहरुलाई आग्रह गर्नुभयो । मुल्यांकन सेमेष्टर प्रणालीको महत्वपूर्ण पक्ष र नेपालको सन्र्दभमा चुनौती समेत रहेकोले यसका विविध आयामहरुलाई आंकलन गर्न अनुरोध गर्नुभएको थियो । ्
त्रिवि शिक्षाध्यक्ष प्रा.डा सुधा त्रिपाठीले सेमेष्ट्रर प्रणालीले विद्यार्थीहरुलाई उत्प्रेरित र शिक्षकहरुलाई जिम्मेवार बनाउने बताउनुभयो । सेमेष्टर प्रणाली कक्षाकोठामा अन्र्त्क्रिया हुने वातावरण निर्माण गर्दै विद्यार्थीलाई निष्कृय हुनबाट जोगाउन देशभरीनै सेमेष्टर प्रणाली अनुरुप शैक्षिक क्रियाकलाप अघि वढाउनुपर्ने धारणा व्यक्त गर्नुभयो । त्रिविमा हाल संचालित सेमेष्टर प्रणालीले सिकाई अभ्यासमा थुप्रै सकरात्मक परिणामहरु प्राप्त भएका बताउनुभयो । लामो समयको प्रयत्नबाट अन्तराष्टिय क्षेत्रमा अनुभव प्राप्त विज्ञहरुको उपस्थितिमा कार्यक्रम सञ्चालन भएको भन्दै उहाँले सेमेष्टर प्रणालीलाई सिकाईको एउटा विधिको रुपमा अवलम्वन गर्न आग्रह गर्नुभयो । त्यसैगरी त्रिविका रजिष्ट्रार डिल्लीराम उप्रेतीले शिक्षण विधिमा भएको विश्वव्यापी परिवर्तनलाई आत्मसाथ गर्दै सूचना तथा प्रविधिको प्रयोगबाट कक्षाकोठामा सिकाईको वातावरण निर्माण गर्नुपर्ने बताउनुभयो । पाठ्यक्रमको वुझाईमा समेत व्यापक परिवर्तन गरी सेमेष्टर प्रणाली संस्थागत हुन समस्या सिर्जना हुने बताउनुभयो । वुझाइमा एकरुपता नहुँदा परम्परागत मुल्यांकल प्रणाली कायमै रहेको भन्दै उहाँले परिक्षा सञ्चालनमा क्याम्पस र विभागहरुलाई समेत संलग्न गराउनुपर्ने धारणा व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा स्टोनी बु्रक्स विश्वविद्यालय,संयुक्त राज्य अमेरिका सह प्राध्यापक घनश्याम शर्माले कार्यक्रमको उद्देश्यको वारेमा जानकारी गराउदै विद्यार्थीलाई परिक्षाको माध्यावाट मात्रै मुल्यांकन गर्नु नहुने बताउनुभयो। विद्यार्थीमा भएको अन्तरनिहित क्षमता,कला, शैली,संस्कारका माध्यामबाट समेत मूल्यांकन गर्ने भएकोले सेमेष्टर प्रणाली विश्वकै उत्कृष्ट शैक्षिकप्रणाली रहेको बताउनुभयो । यसैगरी मोग्रन विश्वविद्यालय,संयुक्त राज्य अमेरीकामा प्राध्यापक गर्दै आउनुभएको कृष्ण विष्टले सेमेष्टर प्रणालीको अन्तराष्ट्रिय अनुभव र नेपालले सिक्नुपर्ने विषयका वारेमा अन्र्त्क्रिया गर्नुभएको थियो । कार्यक्रमको पहिलो सत्रमा विज्ञान तथा प्रविधि अध्ययन संस्थानका डीन प्रा.डा रामप्रसाद खतिवडा,कानुन संकायका डीन,प्रा.डा विजय सिजापती, मानविकी तथा सामाजिक शास्त्र संकायका डीन, प्रा.डा शिवलाल भुषाल,शिक्षाशास्त्र संकायका डीन,प्रा.डा कृष्णप्रसाद गौतम ले त्रिभुवन विश्वविद्यालयमा सेमेष्टर सञ्चालनको अवस्थाका वारेमा जानकारी गराउनुभएको थियो । यसैगरी छलफलमा सेमेष्टरको पृष्ठभूमि,उद्देश्य र आगामी दिनमा लिने कोर्षकाका सन्र्दभमा छलफल भएको थियो । यसैगरी सेमेष्टर प्रणालीको सफल कार्यान्वयका वारेमा समेत विषय विज्ञद्धय घनश्याम सुवेदी र कृष्ण विष्टले आ.आफ्नो धारणा व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा ११ वटा विभिन्न शिर्षकमा कार्यक्रममा भौतिकशास्त्र केन्द्रीय विभागका विभागीय प्रमुख प्रा.डा विनिल अर्याल, पद्यकन्या क्याम्पसका प्रा.डा.जया प्रधान, डा.सुरेन्द्र सुवेदी, त्रिविका उपप्राध्यापक इन्द्र सुवेदी, सुशिल अवाले,माधव प्रसाद घिमिरे,बामदेव अधिकारी, सञ्जय कुमार श्रेष्ठ, वेद प्रसाद आचार्य, नारायण अधिकारी, कल्पना ज्ञवाली, भोजराज अर्याल,शोभाकर कडेल,राजु खनाल लगायतका विज्ञहरुले कार्यपत्रसहितको प्रस्तुती गर्नुभएको थियो ।