१३ बैशाख २०८१, बिहीबार
Follow Us

धर्मशाला सञ्चालनको जिम्मा होटल आनन्दले लिने

नेपालब्रिटेन डट कम्
८ जेष्ठ २०७६, बुधबार ०७:४१

काठमाडौं– पशुपति तिलगंगास्थित नेपाल भारत मैत्री पशुपति धर्मशाला सञ्चालनको जिम्मेवारी होटेल आनन्द म्यानेजमेन्टले पाएको छ ।
पशुपति क्षेत्रविकास कोषले आह्वान गरेको टेन्डरअनुसार होटेल आनन्द म्यानेजमेन्टले १० वर्षको लागि सञ्चालनको जिम्मेवारी पाएको हो । जसबापट होटेल आनन्द म्यानेजमेन्टले कोषलाई वार्षिक १ करोड ५४ लाख १ हजार ६१८ रुपैयाँ भाडा तिर्नुपर्नेछ ।

१९ रोपनी क्षेत्रफल जग्गामा फैलिएको धर्मशालाका ८० कोठा रहेका छन् भने उक्त भवनका कोठाहरुसुविधा सम्पन्न होटेलकै स्तरको बनाएर राखी संचालन गर्न कम्तीमा ७ करोड लाग्ने संचालक ओस्कार बतासले बताए ।

बतासले धर्मशाला संचालन गर्दा हुने वार्षिक आम्दानीको कम्तिमा ५ प्रतिशत रकम सामाजिक सेवामा लगाइने बताए ।
यस्तै पशुपति क्षेत्र कोषका सदस्यसचिव डा प्रदीप पौडेलले धर्मशालाले शुद्ध साकाहरी भोजन मात्र खुवाउनु पर्ने र मादक पदार्थ बिकि गर्न नपाउने अनिवार्यता शर्त राखिएको बताए ।

उक्त धर्मशाला भवन संचालनबाट कम्तिमा १४४ जनाले रोजगारी पाउने छन् । यस्तै प्रति व्यक्ति कोठादर रु ३५० देखि बढीमा ३९९९ तय गरिएको छ।

गत भदौमा प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबाट संयुक्तरुपमा धर्मशालाको उद्घाटन गरेका थिए ।