१६ चैत्र २०८०, शुक्रबार
Follow Us

ताप्लेजुङ घटनामा काँग्रेसले खटायो प्रतिनिधि

नेपालब्रिटेन डट कम्
८ जेष्ठ २०७६, बुधबार १४:०८

काठमाडौँ– पाँचथर जिल्ला मिक्लाजुङ गाउँपालिका वडा नं. ३ आरुबोटेमा ९ जनाको सामुहिक हत्या भएको घटनालाई गम्भीरतापूर्वक लिंदै घटनाको गहिरो र गम्भीर छानविन गर्न सरकार समक्ष माग गरेको छ ।
घटना भएको दोस्रो दिन आफ्ना प्रतिनिधि घट्नास्थल पठाउदै काँग्रेसले गहिरो छानविन गर्न माग गरेको हो । यस्तै काँग्रेसले पार्टीका प्रतिनिधिहरु घटनास्थलमा समेत पठाएको छ । केन्द्रीय सदस्य भिष्मराज आङ्दम्वे, प्रवक्ता विश्वप्रकाश शर्मा र पाँचथर सभापति नरेन्द्र केरुङ लिम्बूलाई पार्टीको प्रतिनिधित्व गर्दै घटनास्थल पठाएको र उनीहरु बुधबारै घट्नास्थल पुगेको काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताएका छन् ।