१५ चैत्र २०८०, बिहीबार
Follow Us

खुश्वु ओली जाने भइन् अदालत

नेपालब्रिटेन डट कम्
८ जेष्ठ २०७६, बुधबार १४:१०

काठमाडौँ– मोडल तथा समाजसेवी खुश्बु ओलीले आफु र गोपाल कटुवालबीचको आर्थिक लेनदेन दुई बर्षअघि नै मिलिसकेको भन्दै अदालतको पछिल्लो फैसलाप्रति आश्चर्य व्यक्त गरेकी छन् ।
ओलीलाई जिल्ला अदालत काठमाडौले दोषी ठहर गर्दै ३ महिना कैद, ३ हजार जरिवानाको फैसला गरेको थियो । मंगलबार न्यायाधीश श्रीकृष्ण भट्टाईको इजलासले ओलीलाई ३ महिना कैद, ३ हजार जरिवाना र चेक वापतको रकम साँवा र ब्याजसहित तिर्नुपर्ने ठहर फैसला गरेको हो ।
ओलीले काटेको ३६ लाख रुपैयाँ बराबरको कुमारी बैंकको चेक बाउन्स भएको भन्दै सप्तरीका गोपाल कटुवालले एक बर्षअघि मुद्दा दायर गरेका थिए ।
तर, अदालतको फैसला आएको भोलिपल्ट खुश्वुले प्रेस रिलिज जारी गर्दै गोपाल कुटुवाललाई आफुले दिएको चेक नसाटिएपछि तत्काल बैंकमा पुगेर हिसावकितव र फरफारक गरेको दावी गरेकी छिन् । ‘गोपाल कटुवालले रकम पाइसकेपछि कसरी अदालतमा मुद्दा दायर गरेका हुन् म अदालत गएर हेर्छु । आज भन्दा एक बर्षअघि दायर मुद्दाबारे मलाई कुनैपनि जानकारी छैन र यसका लागि म कानुनी बाटोमा जान्छु । सत्यको जित हुन्छ’ ओलीले जारी प्रेस रिलिजमा भनेकी छन् ।