६ बैशाख २०८१, बिहीबार
Follow Us

वेलायतमा बाग्लुङे भेला २३ जुनमा

नेपालब्रिटेन डट कम्
८ जेष्ठ २०७६, बुधबार १४:४६

लण्डन । बाग्लुङ जिल्लाको बिभिन्न भागबाट आएर बेलायत बसोबास गर्दै आएका नेपालीहरुको एक भेला आयोजना गरिने भएको छ ।
बाग्लुङ समाज बेलायतको आयोजनामा आगामी जुन २३ तारिख, आइतवार फानवरोमा बाग्लुङेहरुको वार्षिक भेला गरिन लागिएको हो ।

संस्थामा महासचिव मित्र थापाका अनुसरा समाजको गत महिनामा बसेको बैठकमा विविध सांस्कृति कार्यक्रम सहितको बिषेश भेलाको आयोजना गर्ने निर्णय गरेको हो । कार्यक्रममा नेपाली कलासंस्कृति झल्किने नृत्य, नेपाली खाना, राफल ड्र लगायतको मुख्य आर्कषण हुने छ । समाजले भेलामा उपस्थित हुन वेलायतबासी बाग्लुङेहरुलाई आग्रह गरेको छ ।