७ बैशाख २०८१, शुक्रबार
Follow Us

मोबाइलबाट चिट चोरेको टिप्पणीले शिक्षक नियुक्ति प्रक्रिया रद्व

sarusaru
९ जेष्ठ २०७६, बिहीबार ०२:१२

बागलुङ – सदरमुकाम स्थित बागलुङ नगरपालिका ४ को कुँडुले माबिको शिक्षक नियुक्ती प्रकृयामा मोवाईलबाट चिट चोरेको टिप्पणी भएपछि परीक्षा रद्द भएको छ । शनिबार लिइएको परीक्षामा एक परीक्षार्थीले मोवाईलबाट चिट चोरेको पत्ता लागेपछि परीक्षा रद्द भएको हो । बागलुङ नगरपालिकाले तोकेको बिज्ञ र जनप्रतिनिधि समेत नियोजित रुपमा आफन्तलाई उत्तीर्ण गराउन लागेको अन्य परीक्षार्थीले उजुरी गरेपछि रद्द भएको नगर शिक्षा अधिकारी दण्डपाणी पौडेलले बताए ।

नगरपालिकाले बिज्ञ समूह गठन गरेर परीक्षा लिने व्यवस्था गरेको छ । ती बिज्ञले समेत मोवाईल लैजान नपाउने गरी प्रश्नपत्र काट्ने व्यवस्था गरिएकोले अनियमितता नहुने नगर पौडेलले बताए । उक्त घटना हुँदा पौडेले थिएनन् । परीक्षामा अनियमितता गर्नेको रद्द गरेर अरुको उत्तरपुस्तिका जाँच गर्न उनले सुझाएको बताए । ‘मैले जसले अनियमितता गरेको हो उसको मात्र रद्द गरेर परीक्षाफल निकालौं भनेको थिएँ, साथीहरुले पुरै रद्द गराउनु भएछ’ पौडेलले भने, ‘परीक्षामा बसेका श्रोत व्यक्ति र जनप्रतिनिधिले भने प्रमाण जुटाउन समस्या पर्ने गुनासो गर्नुभयो ।’ परीक्षा दिएकाहरुले आफ्नो उत्तरपुस्तिका परिक्षण गरेर रिजल्ट गर्न आग्रह गरेका छन् । उक्त बिद्यालयमा गणित बिषयका लागि एक राहत दरबन्दीको शिक्षक आवस्यकता थियो । ४ जनाले परीक्षा दिएका थिए । शिक्षक नियुक्तीकै बिषयमा काठेखोला गाउँपालिकामा पनि बिबाद बढेको छ ।

जनप्रतिनिधिहरुले आफ्ना मान्छे राख्न चासो बढाएको भन्दै बिद्यालय व्यवस्थापन समितिका पदाधिकारीले गुनासो गर्न थालेका छन् । नयाँ संघिय र प्रदेश कानून नबनेकोले शिक्षा नियमाबलीकै प्रावधान अनुसार शिक्षक नियुक्ती गर्नुपर्छ । शिक्षक नियुक्तीमा बिद्यालय व्यवस्थापन समितिकै अगुवाई हुने उल्लेख छ । स्थानीय तह गठनपछि आफ्नो अधिकार क्षेत्र भन्दै हस्तक्षेप भैरहेको आरोप पनि लाग्ने गरेको छ । काठेखोला गाउँपालिका २ को जनप्रिय आधारभूत बिद्यालयको शिक्षक नियुक्तीमा पनि स्थानीय तहले हस्तक्षेप गरेको आरोप लागेको छ । उक्त बिद्यालयको मुद्दा सर्वोच्च अदालतमा परेपछि स्थानीय तहलाई हस्तक्षेप नगर्न आदेश समेत जारी गरेको छ ।
जनमञ्च