११ बैशाख २०८१, मंगलवार
Follow Us

लोकमानविरुद्धको महाभियोगबारे आज छलफल

नेपालब्रिटेन डट कम्
९ कार्तिक २०७३, मंगलवार ०७:०९

काठमाडौं । अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध दर्ता गरिएको महाअभियोग प्रस्तावमाथि व्यवस्थापिका संसदमा आजबाट छलफल सुरु हुँदैछ । त्यसैका लागि संसद बैठक दिउँसो तीन बजे बस्दै छ । महाअभियोग प्रस्तावमा कम्तिमा दुई दिन छलफल चलाउने संसद सचिवालयको तयारी छ । दलीय आधारमा सांसदले धारणा राखेपछि प्रस्ताव महाअभियोग सिफारिस समितिमा पठाइनेछ । समितिले काम सुरु गरेको तीस दिनभित्र अनुसन्धान गरी प्रतिवेदन संसदमा पेश गर्ने छ । समितिले अख्तियार प्रमुख कार्कीलाई आफूमाथि लागेको अभियोगमा सफाइको मौका भने दिनेछ । महाभियोग प्रस्ताव पारित गर्न संसद्को दुई तिहाइ बहुमत आवश्यक पर्छ । कार्कीविरुद्ध नेकपा माओवादी केन्द्र र एमालेका एक सय ५७ सांसदले गत बुधवार महाअभियोग प्रस्ताव दर्ता गराएका थिए ।