७ बैशाख २०८१, शुक्रबार
Follow Us

मोदीको सरकारलाई ‘स्वागत’ गर्न २ लाख कार्यकर्तालाई निमन्त्रणा

नेपालब्रिटेन डट कम्
९ जेष्ठ २०७६, बिहीबार ०५:५९

लोक सभा निर्वाचन जित्नेमा आत्मविश्वासी देखिएको भाजपाले आज साँझ दिल्ली स्थित पार्टी मुख्यालयमा २ लाख पार्टी कार्यकर्तालाई निमन्त्रणा पठाएको छ ।
भाजपा नेताका अनुसार प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारलाई ‘स्वागत’ गर्नको लागि यो भेला आयोजना गर्न लागिएको हो ।
भाजपाले उसका सम्पूर्ण विजयी सांसदलाई मे २५ भित्र दिल्ली आउन आह्वान गरिसकेको छ ।
प्रधानमन्त्री मोदीले यस अघि नै उनको पार्टीले ऐतिहासिक रुपमा दोस्रो पटक चुनाव जित्ने बताइ सकेका छन् ।
मत सर्वेक्षणले विपक्षी कंग्रेस र उसको गठबन्धन९युपिए०ले १२२ सिट जित्ने देखाएको छ भने मोदी नेतृत्वको एनडीए गठबन्धनले ३०० बढी मत पाउने देखाएको छ ।
भारतमा अप्रिल ११ देखि विभिन्न सात चरणमा ५४२ सिटमा निर्वाचन सम्पन्न भयो । भारतमा सरकार बनाउनको लागि कुनै पार्टी वा गठबन्धनलाई २७२ सांसद आवश्यक पर्छ ।
भाजपा नेतृत्वको एनडीएले मंगलबार आगामी कदमबारे छलफल गर्न वैठक आयोजना गरेको थियो ।
वैठकमा गठबन्धन सदस्यले मोदीलाई फुलको माला लगाइदिएर भावि विजयको लागि पहिले बधाई दिएका थिए ।