१५ बैशाख २०८१, शनिबार
Follow Us

जनसम्पर्क समिति बेलायतको चियापान कार्यक्रम सम्पन्न

नेपालब्रिटेन डट कम्
९ कार्तिक २०७३, मंगलवार ०७:४४

लन्डन। नेपाली जनसम्पर्क समिति बेलायतले बडा दशैं,शुभ दिपावली र छठ पर्बको उपलक्ष्यमा भेटघाट,चियापान र शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । नर्थोल्ट स्थित ब्लु ओर्किड रेस्टुरेन्ट , वेस्ट लण्डनमा गत आइतबार सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस समर्थक नेतातथा कार्यकर्ताको उपस्थिती थियो ।
कार्यक्रममा चेतनाथ खनाल, महेश दाहाल, कुमारी गुरुङ्ग, प्रवेश केसी , विश्व घिमिरे, क्षेत्रीय सभापतिहरु किरण राई, नारायण आचार्य, सुर्य नेम्वांग, शान्ताविनोद लामिछाने लगायतको १ दर्जनको उपस्थिती थियो । त्यस्तैरामजी पहारी, घनश्याम गिरी, सुन्दर ढकाल, पत्रकार एभरेस्ट गौतम समेत उपस्थित भए ।
कार्यक्रममा बोल्ने बक्ताहरुले नेपाली जनसम्पर्क समिति बेलायतको एकतामा जोड दिए । शुभकामना कार्यक्रम पछि सम्पन्न भेलाले जनसम्पर्क समिति बेलायतको आर्थिक हिसाबकिताब सम्बन्धमा उठेको अनियमितताको र नेपाली काँग्रेस पार्टीको तेर्हौ महाधिबेसनमा प्रतिनिधि छनौट प्रक्रियाका बारेमा छलफल गरे ।
जनसम्पर्क समिति बेलायतका सभापति लोक गुरुङले महाधिबेशन प्रतिनिधि तथा महाधिबेशन समिति सदस्य बनाएर लैजाने झुटो आश्वासन दिदै विभिन्न व्यक्तिहरुबाट पैसा उठाएर लगेको बारेमा सहभागीले चासो राखेका थिए ।
भेलाले नेपाल तरुण दल युकेको अधिबेशनबाट निर्बाचित सभापति विश्व घिमिरे लगायत सम्पूर्ण नबनिर्बाचित कार्यसमितिलार्इ बधाई ज्ञापन गरेको छ ।