२२ बैशाख २०८१, शनिबार
Follow Us

पूर्ण चुनावी नतिजा नआउँदै ओलीले दिए मोदीलाई बधाई

नेपालब्रिटेन डट कम्
९ जेष्ठ २०७६, बिहीबार ११:३७

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई बधाई दिएका छन् । विधानसभा निर्वाचनको प्रारम्भिक मतगणनामा भारतीय जनता पार्टी (भाजपा)ले उत्साहजनक मतपरिणाम ल्याएपछि ओलीले मोदीलाई ट्वीटरमार्फत बधाई दिएका हुन् ।
‘लोकसभा निर्वाचनमा उत्साहजनक नतिजा हासिल भएकोमा म प्रधानमन्त्री नरेन्द्र मोदीलाई लागि हार्दिक धन्यवाद दिन चाहन्छु’, ओलीले ट्वीटमा भनेका छन्, ‘आगामी दिनमा तपाईँसँग मिलेर कामगर्न तत्पर छु ।’
ताजा अवस्थामा भारतपाले ३४२ सिटमा अग्रता बनाएको छ भने कँग्रेस ८६ सिटमा अग्रता बनाउँदै निकै पछाडि छ ।