१३ बैशाख २०८१, बिहीबार
Follow Us

श्रोत नखुलेको ३१ लाख नेपाली नगद सहित पक्राउ

नेपालब्रिटेन डट कम्
९ जेष्ठ २०७६, बिहीबार ११:३९

काठमाडौं(श्रोत नखुलेको ३१ लाख नेपाली नगद सहित काठमाडौं महानगरपालिका(३१ बाट २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा भक्तपुर जगाती बस्ने ५० वर्षीय राजभाई सञ्जु र झापा चारपाने घर भई हाल काठमाडौं सिनामंगल बस्ने ३३ वर्षीय अभिषेक सादा रहेका छन् ।
महानगरीय प्रहरी वृत्त बानेश्वरबाट खटिएको प्रहरीले बा।१४ च ८९५९ नम्बरको गाडी जाँच गर्ने क्रममा गाडीमा सवार उनीहरुलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।