१२ बैशाख २०८१, बुधबार
Follow Us

आशा गरिएका कन्हैया कुमार पराजित

नेपालब्रिटेन डट कम्
९ जेष्ठ २०७६, बिहीबार १२:०५

बिहारमा निकै चर्चामा रहेका सिपीआईका उम्मेदवार कन्हैया कुमार बिजेपी उम्मेदवार गिरिराजसिंहसँग पराजित भएका छन् ।

त्यस्तै, बिहारका बिजेपी अध्यक्ष नित्यानन्द राइले आरएलएसपीका अध्यक्ष उपेन्द्र कुशुवाहलाई उजियारपुरमा पराजित गरेका छन् ।

त्यस्तै, विजेपीका छेदी पसवानले कँग्रेसका उम्मेदवार तथा पूर्व लोकसभाका सभामुख मिरा कुमारलाई ससारममा पराजित गरेका छन् ।

उता, जनता दल युनाइटेडले सीतामरीको सिट जितेको छ भने एलजेपीका चिराग पासवानले पुनः जामुईमा जीत हासिल गरेका छन् ।

भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको एनडीएले मध्यप्रदेश, उत्तर प्रदेश, बिहार, राजस्थान, छत्तिसगढ र झारखण्डमा ठूलो अग्रता बनाइरहेको छ ।

एक्जिट पोलले अनुमान गरेको नतिजाजस्तै यस क्षेत्रमा भाजपाले आफ्नो पकड बनाएको छ ।