१२ बैशाख २०८१, बुधबार
Follow Us

भाजपाले पूरा गर्‍यो शतक, काँग्रेसका लज्जास्पद पराजय

नेपालब्रिटेन डट कम्
९ जेष्ठ २०७६, बिहीबार १६:११

काठमाडौं– भारतीय लोकसभा निर्वाचनमा सत्तारुढ दल भारतीय जनता पार्टीले शतक पूरा गरेको छ । यो समाचार तयार पर्दासम्म भाजपाले १०३ सिटमा विजयी हासिल गरेको छ भने काँग्रेसले मात्रै ३२ सिटमा जित दर्ता गरेको छ ।
मतगणना जारी रहँदा भाजपाले २४५ स्थानमा अग्रता लिँदा काँग्रेसको ५४ स्थानमा अग्रता रहेको छ ।
नतिजाअनुसार भाजपाले बहुमत ल्याउने देखिएको छ । कूल ५४३ सिटमा २७२ जित जिते बहुमत पुग्छ ।
यसैगरी समाजवादी पार्टी र बहुजन समाज पार्टीको गठबन्धनले जम्मा दुई सिट जितेको छ भने १५ स्थानमा अग्रता बनाएको छ ।
यसैगरी अन्य साना पार्टीले ६ सिट जितेका छन् ।