१२ बैशाख २०८१, बुधबार
Follow Us

लोकसभा निर्वाचनमा भाजपालाई अत्याधिक बहुमत

नेपालब्रिटेन डट कम्
१० जेष्ठ २०७६, शुक्रबार ०१:४५

काठमाडौं– भारतीय लोकसभा निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ ।
अब १९ सिटको नतिजा आउन बाँकी रहँदा भारतीय जनता पार्टी (भाजपा) ले भारी बहुमत ल्याएको छ ।
सो पार्टीले ३४५ सिटमा जित हासिल गर्नुका साथै थप ८ स्थानमा अग्रता कायमै बनाएको छ ।

यस्तै काँग्रेसले ९६ स्थानमा मात्रै जित हासिल गरेको छ । उसको कुनै स्थानमा अग्रता देखिँदैन ।

यसैगरी समाजवादी पार्टी र बहुजन समाज पार्टीको गठबन्धनले १५ सिट जितेको छ भने तृणमुलले २२ सिटमा जित दर्ता गराएको छ ।
बहुमतको लागि २७२ सिट जिते पुग्छ ।