१५ चैत्र २०८०, बिहीबार
Follow Us

काठमाडौंबाट समातिए घुस्याहा कर्मचारी

नेपालब्रिटेन डट कम्
१० जेष्ठ २०७६, शुक्रबार ०७:४४

काठमाडौं–नापी कार्यालय साँखु, काठमाडौंका नापी सर्वेक्षक श्याम कृष्ण न्यौपाने र लेखापढी व्यवसायी विष्णु केसी घुससहित पक्राउ परेका छन् ।

जग्गा हालसाविक गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग मागेको भन्ने सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनीहरुलाई एक लाख ५० हजार घुससहित पक्राउ गरेको हो ।

बिहीबार उक्त घुस रकम सहित बिहीबार कार्यालय परिसरबाट नियन्त्रणमा लिइएको अख्तियार प्रवक्ता प्रदीपकुमार कोइरालाले शुक्रबार जानकारी दिए ।